सेयर मार्केट

सेयर बजारमा ४८ अंकको पहिरो, यी २ कम्पनीको मूल्य बढ्यो १० प्रतिशत

stock market

१३ भदौ, काठमाडौं । आइतबार सेयर बजारको परिसूचक नेप्से ४८.८ अंकले घटेको छ । सो अंकको गिरावटसँगै परिसूचक ३०४५ अंकमा झरेको छ । यस दिन १५ अर्ब ६५ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

यस दिन फाइनान्सबाहेक सबै समूह घटेका छन् । सो समूह २१ अंकले बढेको छ । यस दिन बैंकिङ ३०, ब्यापार ६२, होटल तथा पर्यटन ३१, विकास बैंक ५३, जलविद्युत ८९, निर्जीवन बीमा २५३, उत्पादन ३८, अन्य ३६, माइक्रोफाइनान्स ११५, जीवन बीमा ३०४ र लगानी समूह १ अंकले घटेको छ ।

यस दिन दुई कम्पनीको मूल्य भने १० प्रतिशतले बढेको छ । नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोको मूल्य १० प्रतिशतले बढेको हो । अरुणभ्यालीको मूल्य साढे ७ र जानाकी फाइनान्सको मूल्य ७ प्रतिशतले बढेको छ । अघिल्लो कारोबार दिनसम्म १० प्रतिशतले मूल्य बढेको जीवन विकास लघुवित्तको मूल्य आज भने २.४ प्रतिशतले घटेको छ ।

यस दिन रुरु जलविद्युत कम्पनीको मूल्य १० प्रतिशतले नै घटेको छ । सिंगटी हाइड्रोको मूल्य ७ प्रतिशतले घटेको छ । गोर्खाज फाइनान्सको ५.७, सिइडिबी हाइड्रोको ५.२ प्रतिशतले मूल्य घटेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस