विश्व/प्रवास

अफगानिस्तानबाट बेलायतले आफ्ना सबै नागरिकलाई फिर्ता लियाे

UK leaves

१३ भदौ, काबुल । बेलायतले तोकिएको समयभित्रै अफगानिस्तानबाट आफ्ना सबै नागरिक स्वदेश फिर्ता गरेको छ । शनिबार काबुलबाट बेलायती सेना बोकेको अन्तिम जहाज लन्डनतर्फ उडेको थियो। बेलायती सेना बोकेको अन्तिम विमान उड्नुअघि काबुलबाट अफगानिस्तानका लागि बेलायती दूत स्वदेश फर्किएका थिए । यससँगै बेलायतमा अफगानिस्तानको २० वर्ष लामो सैन्य आबद्धता अन्त्य भएको छ ।

पछिल्लो दुई सातामा काबुलबाट पाँच हजार सेनासँगै २२ सय बालबालिका र बेलायती सेनाका ८ हजार पूर्व कर्मचारी तथा उनीहरूका सन्तान छन् । गत जनवरीमा अमेरिकी सेना र तालिवानबीच कतारको दोहामा भएको शान्ति सम्झौतामा अमेरिकी नेतृत्वको विदेशी सेनाले ३१ अगस्टभित्र अफगानिस्तानबाट आफ्ना सम्पूर्ण सेना फर्काउनुपर्ने उल्लेख छ ।

तोकिएको समयभित्र सबै सेना फिर्ता नगरे कारबाही गरिने तालिवानले चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले दुई दिनभित्र आफ्ना सबै सेना र अफगानिस्तानमा रहेका नागरिक काबुलबाट फिर्ता गर्न तीव्र गतिमा कार्य भइरहेको बताएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस