समाचार

वाग्मतीमा ​भदौ २० गतेबाट सवारी लाइसेन्सकाे परीक्षा सञ्चालन हुने

trial

१३ भदौ, काठमाडौं । वाग्मती प्रदेशले ​भदौ २० गतेबाट सवारी लाइसेन्स परीक्षाहरू सञ्चालन गर्ने भएको छ । वाग्तमती प्रदेशकाे यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्रकाे काेर्यालयले आइतबार एक सूचनामार्फत् भदाै २० सवारी लाइसेन्सकाे लिखित तथा प्रयाेगात्मक परीक्षा सञ्चालन गर्ने जनाएकाे हाे ।

तर, प्रयोगात्मक परीक्षाका लागि आवेदन दिई बायोमेट्रिक गरेका लिखित परीक्षामा संलग्न हुने, लिखित परीक्षा दिई प्रयोगात्मक परीक्षामा सहभागी हुने,  प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भई पुन: प्रयोगात्मक परीक्षामा सहभागी हुन बाँकी परीक्षार्थी र कार्यालयमा उपस्थित भई वर्ग थपका लागि राजस्व बुझाइसकेका सेवाग्राहीहरूका लागि मात्र परीक्षा सञ्चालन हुने जनाइएको छ ।

दोस्रो लहरको कोरोना संक्रमण रोकथामका लागि गत वैशाख १६ गते निषेधाज्ञा जारी हुँदा लाइसेन्सका परिक्षाहरू पनि रोकिएका थिए ।

license notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *