मुख्य समाचार

दोहोरी साँझ र रात्रीकालीन व्यवसायीले बुझाए सिडिओलाई चाबी

cdo Ktm

१३ भदौ, काठमाडौं । काठमाडौं दोहोरी साँझ र रात्रीकालीन व्यवसायीले प्रमुख जिल्ला अधिकारीलाई चाबी बुझाएका छन् । आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई भेटेर उनीहरुले आफूहरुको व्यवसाय सञ्चालन गर्न सरकारले चासो नदिएको भन्दै चाबी बुझाएको उल्लेख गरेका छन् ।

‘अघोषित रुपमा अन्य सबैजसो व्यवसाय तथा क्षेत्रहरु हाल चलायमान अवस्थामा छन् तर हाम्रो रात्रीकालीन मनोरञ्जन व्यवसायलाई भने अझै पनि सरकारले कुनै चासो देखाएको पाइएन, त्यसैले आज हामी बाध्य भएर हाम्रो व्यवसाय तथा यस क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको भविष्यको जिम्मा नै सरकारलाई सुम्पिनको निमित्त व्यवसायको चाबीसहित यहाँ उपस्थित भएका छौं’ व्यवसायीहरुले भनेका छन् ।

उनीहरुले घरभाडा, व्यवसाय घर, बैंकको ऋण र कर्मचारीहरुको जिम्मा लिन पनि सरकारलाई आग्रह गरेका छन् । कोरोना भाइरसको महामारीपछि सरकारले सबै व्यवसाय र आवतजावत बन्द गर्ने गरी निषेधाज्ञा लगाए पनि संक्रमितको संख्या घट्दै गएपछि अरु क्षेत्र खुले पनि दोहोरी साँझ र रात्रीकालीन व्यवसाय खोल्न सरकारले अनुमति दिएको छैन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस