
१३ भदौ, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले नगरभित्रका विद्यालय आगामी मंगलबारदेखि सञ्चालन गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले सामाजिक भौतिक दुरीको पालना तथा स्वास्थ्य सुरक्षाका प्रोटोकलहरू अनिवार्य पालना गरी भौतिक रूपमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।
नगरपालिकाले आज जारी गरेको विज्ञप्ति अनुसार विद्यालय स्वयम्ले स्वास्थ्य सुरक्षाको र भरपर्दो विश्वसनिय वातावरण अनिवार्य रूपमा तय गर्नुपर्नेछ । विद्यायलहरूले सो अनुरूपको वातावरण नमिलाए कारबाही गरिने नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस