सुनचाँदी

सुनचाँदीको मूल्य स्थिर

gold

१४ भदौ, काठमाडौं । तीन दिनदेखि सुनको मूल्य र दुई दिनदेखि चाँदीको मूल्य स्थिर कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएअनुसार गत साताको शुक्रबार (११ गते) देखि सुनको भाउ स्थिर रहेको हो । जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ६०० र चाँदीको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ तोकिएको छ ।

गत साताको शुक्रबार पनि यही मूल्य कायम थियो ।

यसैगरी, महासंघले विगत दुई दिनदेखि चाँदीको मूल्य स्थिर रहेको जानकारी दिएको छ । आइतबार प्रतितोला १० रुपैयाँले बढेको चाँदीको भाउ आज स्थिर छ । महासंघले आज चाँदीको भाउ प्रतितोला एक हजार २१० रुपैयाँ तोकिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *