विश्व/प्रवास

अमेरिकी ड्रोन आक्रमणमा सर्वसाधारणको मृत्यु

afghanistan school attack

१४ भदौ, काठमाडौं । अफगानिस्तानमा अमेरिकाको ड्रोन आक्रमणमा परी बालबालिकासहित थुपै्र सर्वसाधारण मारिएको प्रत्यक्षदर्शीले बताएका छन् । आइतबार अफगानिस्तानको काबुल विमानस्थलमा कार बम विस्फोट गर्न खोजिरहेका आईएस सम्बद्ध व्यक्तिलाई लक्षित गरी अमेरिकाले ड्रोन आक्रमण गरेको थियो । ड्रोन हमलाले घातक आत्मघाती आक्रमणबाट जोगाएको अमेरिकी अधिकारीले बताएका थिए ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बालकालिकासहित केही सर्वसाधारण मारिएको उल्लेख गरेका छन् । आक्रमणमा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको प्रत्यक्षदर्शीलाई उद्रित गर्दै अलजजिराले जनाएको छ ।

यसैबीच, अमेरिकाले ड्रोन कारबाहीमा परी सर्वसाधारण मारिएका विषयमा छानविन गरिरहेको बताएको छ । अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता क्या. बील अर्बानले आइतबार एउटा गाडीमाथि गरिएको आक्रमणमा सर्वसाधारणको हताहती भएको भन्ने खबरहरूबारे आफूहरू जानकार रहेको भन्दै यसबारे छानविन गर्ने बताएका छन् । “के भएको थियो भन्ने बारे प्रष्ट छैन र हामीले थप अनुसन्धान गर्दैछौँ । निर्दोष जीवनको कुनै सम्भावित हानिबाट हामी निकै दुःखी हुनेछौँ”, उनले भने ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस