कर्पोरेट

द क्लिफमा नयाँ पारिवारिक पिङ सन्चलनमा

ping

१४ भदौ, काठमाडौं । बिश्वकै दोश्रो अग्लो बन्जी सन्चालन गरिरहेको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसरमा निर्माण गरेको नेपालकै अग्लो नयाँ पारिवारिक पिङ सन्चलनमा आएको छ ।

बन्जीका लागि कालीगण्डकी नदिको खोँचमा निर्माण भएको पर्वतको कुश्मा र बाग्लुङको बलेवा जोड्ने पुलको उचाइ २ सय २८ मिटर छ भने सो भन्दा माथी पिङको निर्माण गरिएको छ । जमिनबाट १६ मिटर अग्लो बनाइएको पिङमा परिवार एकसाथ बसेर मज्जा लिन सकिन्छ । अधिकतम ३ सय ५० किलो क्षमता रहेको पिङ खेल्न प्रती ब्यक्ती २ सय ५० रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

पिङ निर्माण र सन्चालनमा सुरक्षा सावधानीको उच्च सतर्कता अपनाइने द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले जानकारी दिए । स्टिल कोर केबलको प्रयोग गरिएको र दक्ष प्राबिधिकबाट डिजाइन गरि निर्माण गरिएको पिङ नेपालकै नमुना पिङ बनेको कार्कीको दाबी छ ।

बिश्वकै अग्लो स्विङ र स्काई साइक्लीङ समेत निर्माण गरेको कम्पनीले नेपालमै पहिलोपटक स्काइ चियर समेत सन्चालनमा ल्याएको छ । द क्लिफको गुलेली पिङ र हाइ रोप स्टेसन पनि अहिले युवाहरू माझ निकै लोकप्रिय छन् । उक्त क्षेत्रलाई एड्भेन्चर हबका रुपमा बिकास गर्ने योजना भएको र भविष्यमा अन्य गतिविधि समेत थपिने कार्कीले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस