समाचार

अब मधेसमा माओवादीले कब्जा जमाउँदै छ : प्रचण्ड

prachanda

१४ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब आफ्नो पार्टीले मधेसमा कब्जा जमाउने दाबी गरेका छन् । सोमबार काठमाडौंको जोरपाटीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले मधेसी जनताको अधिकारका निम्ति लडिराख्ने पार्टी  माओवादी नै भएको जिकिर पनि गरे ।

“आज तपाईंहरूको पार्टी प्रवेशले के शक्तिशाली सन्देश दिएको छ भने अब मधेसमा अरू पार्टी होइन् । माओवादीले कब्जा जमाउँदैछ,” उनले भने । प्रचण्डले माओवादी पहिलो पार्टी नबनेसम्म राजनीतिक स्थायित्व, सम्मृद्धि, मुक्ति सम्भव छैन भन्ने प्रमाणित भइसकेको बताए ।

अर्काे प्रसंगमा उनले सरकारलाई पूर्णता दिने, मन्त्री बाँडफाटको विषयमा भोलि पनि छलफल हुने बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस