
१४ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार २९५ कोरोना संक्रमित थपिएका छन् ।
१६ हजार २३३ वटा नमूनाको परीक्षण गर्दा २ हजार २९५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो चौबीस घण्टामा १६ जनाको मृत्यु पुष्टि भएको छ भने १ हजार ८०८ जना संक्रमण मुक्त भएका छन् ।
नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ८७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस