समाचार

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

arrest

१४ भदौ, पर्वत । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पैयुँ गाउँपालिका-७ बस्ने ४४ वर्षीय ख्याम बहादुर रानालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत स्याङ्जाको २०७३ साउन २० गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा एक वर्ष कैद सजाय ठहर भई हालसम्म फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत पर्वतमा पेश गरिएकोमा अदालतको आदेशले कैद सजाय भुक्तानीका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *