राजनीति

एमाले चुर्लुम्मै दक्षिणपन्थी भासमा भासियो : माधव नेपाल

madhav nepal

१४ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले एमाले ‘दक्षिणपन्थी भासमा भासिएको’ आरोप ललगाएका छन्।

उपचार गराएर फर्किएका वरिष्ठ नेता झलनाथ खनाललाई स्वागत गर्न त्रिभुवन विमानस्थल पुगेका अध्यक्ष नेपालले ओलीका कारण एमाले दक्षिणपन्थी बाटोमा गएको बताएका हुन् ।

“केपी ओलीको प्रवृत्तिमा सुधार भएन, कुर्सीका लागि प्रतिनिधिसभा विघटन गरे, आफ्नो गुटलाई जोगाउन नेकपाको विभाजन गरे । उनले नेतृत्व गरेको एमाले चुर्लुम्म दक्षिणपन्थी भासमा भासियो,” उनले भने ।

अब आफू नेतृत्वकाे पार्टीले कम्युनिस्ट आन्दाेलनकाे नेतृत्व गर्ने उनकाे दाबी छ । उनले ओलीले लगातार मनपरी गर्न थालेपछि आफूहरू अलग हुनुपरेकाे बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस