
१४ भदौ, चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौली जंगलमा सवारीसाधनले एक भाले मृगलाई ठक्कर दिएको छ । आइतबार साँझ करिब पौने सात बजे सडक पार गर्ने क्रममा सवारीसाधनले ठक्कर दिंँदा मृगको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।
उनका अनुसार ठक्कर दिने गाडीसहित चालक फरार छन् । कुन गाडीले ठक्कर दिएको हो भन्ने पनि खुलेको छैन । घटना भएको ठाउंँमा मोटरसाइकलको भाइजरको फुटेको टुक्रा भेटिएकोले मोटरसाइकलले ठक्कर दिएको हुनसक्ने प्रहरीको अनुमान छ । दुर्घटनामा परेर मृग मृत भएको खबर पाएपछि जिल्ला वन कार्यालयको कर्मचारी टोलीले मुचुल्का बनाएर मृग लगेको अधिकारीले जानकारी दिए ।
फरार रहेका सवारी चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस