समाचार

आज यी नदीमा बढ्नेछ बहाव

flood

१५ भदौ, काठमाडौं । कोसी, नारायणी, कर्णाली र यसका सहायक नदीहरूमा आज पानीको बहाव केही बढ्ने पूर्वानुमान छ । महाकाली र यिनका सहायक नदीहरुमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबईलगायतमा पनि बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । आज इलाम, झापा, सोलुखुम्बु, संखुवासभा, भोजपुर, ताप्लेजुङ, ओखलढुंगा, खोटाङ, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, काभ्रेपलाञ्चोक, धादिङ, मकवानपुर, लमजुङ, कास्की, पर्वत, तनहुँ, अर्घाखाँची, दाङ, बर्दिया, रुकुम पश्चिम, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, अछाम, डोटी, दार्चुला, डडेलधुरा, बैतडी, कञ्चनपुर, कैलाली र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।

नदी तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस