अटो

यामाहाको शो रुम बल्खुमा

yamaha showroom

१५ भदौ, काठमाडौं । यामाहाको काठमाडौंको बल्खुमा नयाँ शो रुम सञ्चालनमा ल्याइएको छ । देशभर ९२ वटा शो रुमबाट सेवा प्रदान गर्दै आएको यामाहाको बल्खु शो रुमको उद्घाटन सोमबार यामाहाका प्रबन्ध निर्देशक विष्णु अग्रवाल गरे ।

शो रुममा बिक्रीको साथै स्पेयर पाटर््स र सर्भिसका सेवाहरू पनि उपलब्ध रहेका छ । उक्त शो रुमको सर्भिस सेन्टरमा यामाहा एफआई स्टेसन पनि रहेको  कम्पनीले जनाएको छ । जसमा एफआई प्रविधियुक्त बाइकहरूको नवीन प्रविधिद्वारा जाँच गरी हेल्थ कार्ड पनि निःशुल्क निकाल्ने कम्पनीले जनाएको छ ।

शो रुम उद्घाटनसँगै एक्सचेन्ज मेला पनि सुरु भएको छ । उक्त मेलामा  ग्राहकहरूले कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटरहरूमा बजार प्रचलित मूल्यांनभन्दा १५ हजार बढी प्राप्त गर्ने र सात नगद छुट, शून्य प्रतिशत ब्याज, न्यून डाउन पेमेन्ट र न्यून किस्ताका सुविधाहरू पनि ग्राहकहरूले प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *