समाचार

पोखराबाट १४ जुवाडे नगदसहित पक्राउ

juwa

१५ भदौ, पोखरा । पोखराबाट १४ जना जुवाडे नगदसहित पक्राउ परेका छन् । पोखरा–७ घारीपाटन, राधाकृष्ण मार्गस्थित ज्ञान बहादुर खड्काको घरमा तास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

खड्काको घरमा जुवातास खेलिरहेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले नगद २ लाख ५० हजार ६ सय ३५ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यसैगरी पोखरा–१५ सीताराम हाउजिङमा डेरा गरी बस्ने स्याङ्जा पुतलीबजार –८ घर भएका ५१ वर्षीय लाल प्रसाद गुरुङको कोठामा तास खेलिरहेको अवस्थामा गुरुङसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गुरुङको कोठामा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८४ हजार ५ सय २५ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस