सेयर मार्केट

सेयर बजारमा ६९ अंकको पहिरो, सबै समूह राताम्मे

share market nepal

१५ भदौ, काठमाडौं । मंगलबार सेयर बजारमा ६९ अंकको पहिरो गएको छ । सो अंकको गिरावटसँगै परिसूचक ३ हजारमुनि झरेको छ । परिसूचक नेप्से २९७५ अंकमा कायम भएको छ । राष्ट्र बैंकले एक व्यक्ति वा परिवारले सेयर धितो राखेर सेयरमै लगानी गर्नका लागि बैंक तथा वित्तीय संस्थाबाट १२ करोडभन्दा बढी ऋण लिन नपाइने व्यवस्था गरेपछि ठूला लगानीकर्ता बाहिरिँदै गएका छन् ।

ऋणको सीमा घटाउनुपर्ने बाध्यता भएकाले उनीहरुले सेयर बिक्री बढाउँदा बजार ओर्लिँदै गएको हो । यस दिन कुल १३ अर्ब २५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ ।  यस दिन सबै समूहहरु झरेका छन् । बैंकिङ २३, ब्यापार १०६, होटल तथा पर्यटन ४६, विकास बैंक २०५, जलविद्युत १२४, फाइनान्स १०१, निर्जीवन बीमा ३७२, उत्पादन १९८, अन्य ६२, माइक्रोफाइनान्स १६४ र जीवन बीमा ४४७ अंकले घटेका छन् ।

यस दिन कर्णाली विकास बैंकको मूल्य सबैभन्दा धेरै साढे ७ प्रतिशतले बढेको छ । ४० रुपैयाँ प्रतिकित्ता मूल्य बढेसँगै ५६८ रुपैयाँ पुगेको छ। मनकामना स्मार्ट लघुवित्तको मूल्य ६ प्रतिशतले बढेको छ। सपोर्ट माइक्रोफाइनान्सको करिब ६ प्रतिशतले मूल्य घटेको छ ।

रुरु जलविद्युत परियोजनाको मूल्य १० प्रतिशतले घटेको छ । सो मूल्य गिरावटपछि कम्पनीको मूल्य प्रतिकित्ता १३४६ रुपैयाँमा कायम भएको छ। माउन्टेन हाइड्रो नेपालको मूल्य ७.७ प्रतिशतले घटेको छ । हिमालय उर्जा विकासको मूल्य करिब ७ प्रतिशतले घटेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस