समाचार

थपिए १ हजार ६६४ संक्रमित, निको भए १ हजार ७८६

Corona ICU

१५ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का एक हजार ६६४ संक्रमित थपिएका छन् ।

१२ हजार २२२ वटा स्वाब नमनाको परीक्षण गर्दा एक हजार ६६४ जनामा संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण पछिल्लो २४ घण्टामा देशभर २० जनाको मृत्यु पुष्टि भएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभरबाट एक हजार ७८६ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३५ हजार ५९१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस