
१५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित फलफूल बजारबाट अवैध हुन्डी कारोबारमा संलग्न दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काभ्रेकाे चौरीदेउराली गाउँपालिका–३ घर भई सोही बजारको स्टल नम्बर १८ मा फलफूल व्यवसाय गर्ने ३४ वर्षीय मिन प्रसाद गौतम र सोही पसलमा काम गर्ने रमेश तिमिल्सेना रहेका छन् ।
उनीहरूको साथबाट ३० लाख ७ हजार रुपैयाँ बरामद भएको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा रमेशले हुन्डी कारोबारमा प्रयोग भएको उक्त नगद फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस