समाचार

काठमाडौं उपत्यकामा थपिए ५६४ संक्रमित

coronavirus kathmandu

१५ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोभिड–१९ का ५६४ संक्रमित थपिएका छन् ।

काठमाडौंमा ४१३, भक्तपुरमा ६४ र ललितपुरमा ८७ संक्रमित थपिएका हुन् । योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या नौ हजार ३८ पुगेको छ ।

हाल देशभर ३३ हजार २१४ जना होम आइसोलेसनमा, दुई हजार ३७७ संस्थागत आइसोलेसनमा, ५३७ जना आईसीयू र १६४ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस