
१५ भदौ, काठमाडौं । पर्साको वीरगञ्जमा ग्यास बुलेटको ठक्करबाट एक जना युवकको मृत्यु भएको छ ।
वीरगञ्ज महानगरपालिका–२५ बहुअरी चोकमा एनएल–०१ एबी–४३७३ नम्बरको बुलेटले ठक्कर दिँदा लालबाबु शाहको मृत्यु भएको जिप्रका पर्साका डिएसपी ओम प्रकाश खनालले बताए ।
साइकलमा सवार ३० वर्षीय शाहलाई भारतबाट ग्याँस बोकेर आएको बुलेटले ठक्कर दिएको थियो । भारत मुजफरपुर घर भएका बुलेट चालकलाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ । मृतक बहुदरमाई नगरपालिका–२ पिपराका स्थानीय हुन् ।
प्रतिक्रिया दिनुहोस