समाचार

राउटेको निशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण

raute health checkup

१५ भदौ, सुर्खेत । सुर्खेत जिल्ला सिमानामा पर्ने सल्यानको कालिमाटी गाउँपालिका–५ स्थित काल्चेमा बसोबास गरिरहेका राउटे परिवारको निशुल्क स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको छ । नेपाली सेनाको सल्यान जिल्लामा तैनाथ सबुज गण, नं १९ फिए गुल्म र जनस्वास्थ्य कार्यालय सल्यानको संयूक्त आयोजनामा उनीहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।

कालिमाटी गाउँपालिका ५ स्थित काल्चेमा बसोबास गरी रहेका राउटे समुदायका १३८ जना व्यक्तिहरुलाई लक्षित गरी स्वास्थ्य शिविर संचालन गरिएको नेपाली सेनाले जनाएको छ । साथै, शिविरका दौरान नं १९ बाहिनीका बाहिनीपतिद्वारा राउटे समुदायका मुखियालाई खाद्यान्न समेत प्रदान गरिएको  छ । देशमा कुल ४६ घरपरिवार रहेका राउटेको कुल सङ्ख्या १४२ छ ।

कुनै पनि परिवारको एक जना सदस्यको मृत्यु भएपछि उनीहरु सो ठाउँमा छाडेर अन्यन्त्र बसाइँसराइ गरी जाने गर्दछन् । लोपोन्मुख जातिका रुपमा चिनिने राउटेलाई जीवनयापनका लागि प्रदेश सरकारले दुई हजार रुपैयाँ र सङ्घीय सरकारले तीन हजार गरी मासिक पाँच भत्ता प्रदान गरिदै आएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस