समाचार

काठमाडौंमा उपत्यकामा आज साँझ पानी पर्ने सम्भावना

rain

१६ भदौ, काठमाडौं । आज विहान देशभर सामान्य बदली रहेको छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

काठमाडौं उपत्यकामा आज दिनभर मौसम सफा रहे पनि साँझपख पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठ बताउँछन् । यद्यपि, ठूलो वर्षाको सम्भावना भने छैन । आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

मनसुन केही कमजोर भएकाले निरन्तरको झरी भने अबको केही दिन हुने छैन । तर, मनसुन भने ररिरहेको मौसमविद् श्रेष्ठ बताउँछन् । कम्तीमा तीनदिन मनसुन सक्रिय भएर निरन्तर झरी पर्ने अवस्था छैन ।

“मनसुन अन्त्य भइनसकेको र विभिन्न ठाउँमा पानी पर्ने भएकाले बाढी तथा पहिरोको जोखिम हटिसक्यो भन्न मिल्दैन । लामो समय पानी परेर माटो गलेको अवस्थामा सामान्य वर्षा हुँदा पनि पहिरो तथा जमिन कटानको जोखिम हुन्छ,” श्रेष्ठ भन्छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस