
१६ भदौ, काठमाडौं । गायक समिर आचार्यको स्वर रहेको नयाँ गीत ‘मै मरी जाउँ’ सार्वजनिक भएको छ । वसन्त विवस आचार्यको शब्द तथा समिरकै संगीत रहेको गीतको भिडियोमा गायक तथा मोडल चक्र बम र श्रेया सिटौलाको अभिनय छ ।
भिडियो शान थापाले निर्देशन गरेका हुन् । जसमा अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ । गायक आचार्यले यसपटक आफूले केही फिन्न गीत ल्याएकोले सार्वजनिक दर्शक तथा श्रोताको रोजाइमा पर्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस