समाचार

झलनाथ खनाललाई भेट्न प्रचण्ड डल्लुमा

prachanda and jhalnath

१६ भदौ, काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड डल्लु पुगेका छन् ।

खनालको निवासमा पुगेर प्रचण्डले स्वास्थ्य अवस्थाबारे जानकारी लिएको प्रचण्डको सचिवालयले जनाएको छ । खनाललाई भेट्न आज बिहान प्रचण्ड उनकै निवास डल्लु पुगेका थिए ।

खनाल भारतमा उपचार गरेर केही दिनअगाडि स्वदेश फर्केका हुन् । नयाँदिल्लीमा खनालको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *