समाचार

मोरङमा टिपरको ठक्करबाट एकजनाको मृत्यु

accident

१६ भदौ, काठमाडौं । मोरङको सुन्दरहरैँचा नगरपालिका–७, गोठगाउँमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मोरङकै पथरी शनिश्चरे नगरपालिका–२ का ४३ वर्षीय वीरेन्द्र लिम्बूको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा धरानमा गए राति पौने ११ बजे मृत्यु भएको जनाइएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ६५०५ नम्बरको टिपरले विपरीत दिशातर्फ आउँदै गरेको प्रदेश १, ०२, ०४१ प ९१२५ नम्बरको मोटरसाइकललाई हिजो बेलुका करिब साढे ८ बजे ठक्कर दिएको थियो । टिपर चालकलाई प्रहरीचौकी गछियाले नियन्त्रणमा लिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *