मुख्य समाचार

काठमाडौंमा स्कुल खुल्ने सम्भावना कम, निषेधाज्ञा फेरि थपिँदै

school student

१६ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थपिने भएको छ । पछिल्लो समय कोरोना संक्रमणदर स्थिर रहेकाले निषेधाज्ञा थप गरिने भएको हो । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले संक्रमणबारे समीक्षा भएपछि निषेधाज्ञा थप गरिने जानकारी दिए ।

‘‘अन्य नगरपालिकामा संक्रमणदर कम हुँदै गए पनि काठमाडौंमा स्थिर रहेको छ । जनसंख्याको चाप पनि उत्तिकै छ । त्यसैले तत्काल विद्यालय सञ्चालन हुने सम्भावना कम छ,” प्रजिअ निरौलाले भने, ‘‘छलफल भइरहेको छ । छलफलपछि सिडियो बैठकले औपचारिक निर्णय सार्वजनिक गर्नेछ ।” संक्रमणदर कम भएका नगरपालिकाका विद्यालयहरु क्रमशः खुल्दै गएका छन् ।

पछिल्लो साता थप गरिएको निषेधाज्ञामा राति ८ बजेपछि सबै किसिमका सवारी साधन सञ्चालन गर्ने निर्णय भएको थियो । एकसाताका लागि थप गरिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस