१६ भदौ, काबुल । तालिबानले एकदुई दिभित्रै नयाँ सरकारको घोषणा हुने बताएको छ ।
बीबीसी पाश्तोलाई तालिबानको राजनीतिक कार्यालय कतारका उपप्रमुख शेर अब्बा स्टानेक्जाइले २० वर्षअघि मन्त्री भएकाहरू यसपटक समावेश नहुन सक्ने बताएको बीबीसीले जनाएको छ । उनले महिलाले पनि जिम्मेवारी पाउनसक्ने पनि बताएका छन् ।
अफगानिस्तानका अधिकांश भूभाग नियन्त्रणमा लिइसकेको तालिबानले अगस्ट १५ मा राजधानी काबुल कब्जा गरेको थियो । देशबाट विदेशी सेना बाहिरिएपछि सरकार गठन गर्ने बताएको थियो । अफगानिस्तानबाट अमेरिकासहित त्यहाँ गएका सबै विदेशी सैनिक फर्किसकेका छन् ।
बीबीसीका अनुसार तालिबानले अफगानिस्तानको नयाँ युगको खुसी मनाइरहँदा धेरै मानिसहरू भने डरले लुकेका छन् । उनीहरू तालिबानको भनाइ र वास्तविकता फरक भएको बताउँछन् ।
प्रतिक्रिया दिनुहोस