समाचार

कोरोना खोप लगाउनेको संख्या १ करोड नाघ्यो

corona khop

१६ भदौ, काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या १ करोड नाघेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार १ करोड ९२ हजार १६४ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् ।

जसमध्ये ५४ लाख २४ हजार ८३६ जना अर्थात १८ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेका छन् भने ४६ लाख ६७ हजार ३२८ जना अर्थात १५ प्रतिशतले पूर्ण खोप लगाएका छन् । नेपालमा कोभिशिल्ड, भेरोसेल, जोनसोन एण्ड जोनसोन र एष्ट्राजेनेका खोप दिने क्रम जारी छ ।   नेपालले यी खोप अनुदान सहयोग र खरिदमार्फत प्राप्त गरेको हो ।

अहिले झन्डै ३३ लाख मात्रा खोप लगाउने अभियान सञ्चालन भइरहेको छ । गएको माघ १४ गतेदेखि खोप अभियान सुरु भएको थियो ।  विश्वमा ५ अर्बभन्दा धेरैले कोरोना खोप लगाइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस