सेयर मार्केट

सानिमा लाइफको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?

nepse

१६ भदौ, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ६० लाख कित्ता आईपीओ सहित २ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले न्युनतम १०३ रुपैयाँ १७ पैसा देखि ३०९ रुपैयाँ ५१ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस अनुसार बिहीबार देखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबार खुल्नेछ ।

नेप्सेले कम्पनीको शेयरलाई एसएलआई कारोबार संकेत प्रदान गरेको छ । उक्त कारोबार संकेतमा कम्पनीको शेयर कारोबार हुनेछ ।

कम्पनीले साउन २० गते देखि २४ गतेसम्म सर्वसाधारणमा कुल ६० लाख कित्ता शेयर निष्काशन गरेको थियो । त्यसमध्ये कर्मचारीलाई ३ लाख र म्युचुअल फन्डलाई ३ लाख कित्ता शेयर छुट्याएर बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *