सेयर मार्केट

झिनो अंकले बढ्यो नेप्से परिसूचक, ९ अर्ब ३५ करोडको कारोवार

stock market

१६ भदौ, काठमाडौं । बुधबार सेयर बजार जम्मा १ अंकले बढेको छ । १.१४ अंकले बढेर परिसूचक नेप्से २९७६ अंकमा कायम भएको छ ।

परिसूचक जम्मा १ अंकले बढे पनि धेरैजसो कम्पनीको मूल्य घटेको छ । यस दिन जम्मा ६८ कम्पनीको मूल्य बढ्यो भने १०५ कम्पनीको मूल्य घटेको छ । त्यस्तै ११ कम्पनीको मूल्य स्थिर रहेको छ । त्यस्तै कारोबार रकम पनि घटेको छ । हिजो १३ अर्ब २५ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज जम्मा ९ अर्ब ३५ करोडमा खुम्चिएको छ ।

बैंकिङ ७, होटल तथा पर्यटन १३० र जीवन बीमा समूह ७४ अंकले बढेको छ । अरु सबै समूह घटेका छन् । ब्यापार ७, विकास बैंक ४०, जलविद्युत १९, फाइनान्स ८७, निर्जीवन बीमा ६३, उत्पादन २, अन्य १ र माइक्रोफाइनानस समूह ५ अंकले घटेको छ ।

रुरु जलविद्युत कम्पनीको मूल्य सबैभन्दा धेरै ७.५ प्रतिशतले बढेको छ । ओरियन्टल होटल, हिमालय उर्जा विकास र युनाइटेड मोदी हाइड्रोपावरको ६ प्रतिशतले मूल्य बढेको छ । सोल्टी होटलको मूल्य ५.७ प्रतिशतले बढेको छ ।

सनराइज फस्ट म्युचुअल फण्डको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । लाभांश घोषणापछि मूल्य समायोजन भएपछि पनि कम्पनीको मूल्य प्रतिइकाई १ रुपैयाँ ३१ पैसाले घटेर ११ रुपैयाँ ८२ पैसामा झरेको छ ।

त्यस्तै खानीखोला हाइड्रोको मूल्य ७.७ प्रतिशतले घटेको छ भने गुहेश्वरी मर्चेन्टको ६ प्रतिशतले मूल्य घटेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस