राजनीति

ओली सरकारले बढाएको सामाजिक सुरक्षा भत्ता लागु गर्ने मन्त्रिपरिषद्को निर्णय

PM Deuba

१६ भदौ, काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत बढाएर लागु गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पूर्ववर्ती सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेको सामाजिक सुरक्षा भत्ता लागु गर्ने निर्णय गरेको हो ।

“आर्थिक वर्ष ०७८/०७९ को वजेट वक्तव्यमार्फत् ३३ प्रतिशतले वृद्धि भएको सामाजिक सुरक्षा भत्ता मासिक भत्ता कामय गर्ने निर्णय भएको छ,” सरकारका प्रवक्ता तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस