मुख्य समाचार

नेपालमा १५.४ प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

corona khop

१७ भदौ, काठमाडौं । नेपालमा बुधबारसम्म एक करोड ९२ हजार १६४ डोज कोरोना विरुद्धको खोप लगाइसकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसमध्ये पूर्ण खोप लगाउनेको संख्या ४६ लाख ६७ हजार ३२८ रहेको छ ।

पहिलो मात्रा खोप लगाउनेको संख्या ५४ लाख २४ हजार ८३६ रहेको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोना विरुद्धको खोप लगाउने लक्षित जनसंख्याको १५.४ प्रतिशतले पूर्ण खोप लगाइसकेको छ। मन्त्रालयका अनुसार १७.९ प्रतिशतले पहिलो डोज लगाइसकेको छ।

नेपालमा कोरोनाविदरुद्धको खोप लगाउने लक्षित जनसंख्या २ करोड १७ लाख ५६ हजार ७६३ हो । जुन नेपालको कुल  जनसंख्याको ७१.६ प्रतिशत हो । सरकारले खोप लगाउने अभियान जारी रहेको जनाएको छ । चैत मसान्तसम्म लक्षित सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाइसक्ने सरकारको दाबी छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस