बलिउड / हलिउड

भारतका चर्चित युवा कलाकार सिद्धार्थ शुक्लाको निधन

sidharth shukla

१७ भदौ, काठमाडौं । भारतका चर्चित कलाकार सिद्धार्थ शुक्लाको हृदयघातको कारण निधन भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार उनको कोपर अस्पताल, जुहु मुम्बईमा बिहीबार निधन भएको हो ।

४० वर्षका शुक्ला बिग बोस सिजन १३ को विजेता थिए । भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनलाई ‘म्यासिभ हार्ट अट्याक’ पछि अस्पताल ल्याइए पनि चिकित्सकले अस्पताल ल्याउनुअघि नै उनको निधन भइसकेको जानकारी दिएका थिए ।

उनी चर्चित टेलि श्रृंखला ‘बालिका बधु’ का कलाकार हुन् । बलिउडका विभिन्न चलचित्रमा उनले अभिनय गरेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस