विश्व/प्रवास

न्यूयोर्कमा भीषण वर्षा र भलबाढीका कारण आपतकालीन अवस्था घोषणा, जनजीवन अस्तव्यस्त

New York rain

१७ भदौ, काठमाडौं । भीषण वर्षा तथा भलबाढी आएपछि अमेरिकाको न्यूयोर्कमा आपतकालीन अवस्था घोषणा गरिएको छ । ट्रपिकल स्ट्रोम आइडाका कारण न्यूयोर्कसहितका क्षेत्रमा भीषणा वर्षा हुनुका साथै भलबाढी आएको हो ।

न्यूयोर्कका मेयर बिल डी ब्लासिओले शहरमा गम्भीर मौसमी गतिविधिको प्रभाव परेको बताएका छन् । भीषण वर्षा तथा बाढीले सडकको अवस्था नाजुक बनाएको उनले उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिर तथा भिडियोहरुमा बाढी सवे स्टेशन तथा मानिसका घरमा पसेको देखिन्छ । बाटोमा पानी खोलाको रुपमा बगेको देखिएको छ ।

छिमेकी राज्य न्यू जर्सीमा पनि आपतकालीन अवस्था लागू भएको छ । त्यहाँ एकजनाको ज्यान गएको उल्लेख छ । न्यू जर्सीमा आएको टोर्नाडोका कारण कम्तीमा ९ घरमा क्षति पुगेको छ । राष्ट्रिय मौसम सेवाका अनुसार न्यूयोर्कको सेन्ट्रल पार्कमा एक घण्टामा ८ सेन्टिमिटर पानी परेको छ । न्यूयोर्क प्रहरीले स्थानीय बासिन्दालाई सकेसम्म बाटो भन्दा पर बस्न आग्रह गरेको छ ।

New York rain

अधिकांश सबवेहरु बन्द भएका छन् । न्यूयोर्क र न्यू जर्सीका अधिकांश रेल तथा विमान सेवा अवरुद्ध छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस