सेयर मार्केट

सेयर बजारमा साढे ९ अर्बको कारोबार हुँदा ५० अंक घट्यो नेप्से

share market nepal

१७ भदौ, काठमाडौं । बिहीबार सेयर बजारमा ५० अंकको पहिरो गएको छ । ५० अंकले घटेर बजारको परिसूचक नेप्से २९२६ अंकमा कायम भएको छ ।  २०७८ भदौ २ गते नयाँ कीर्तिमानी ३१९८ अंक कायम गर्यो । त्यसयता बजार घटिरहेको छ । भदौ २ गतेयता कारोबार भएका दिनमा बजार जम्मा २ दिन मात्रै बढेको छ भने अरु ६ दिन घटेको छ ।

अर्कोतर्फ कारोबार रकम पनि बढ्न सकेको छैन । यस दिन ९ अर्ब ५० करोड रुपैयाँको सेयर किनबेच भएको छ । सबै समूहहरु राताम्मे भएका छन् । बैंकिङ १६, विकास बैंक १८६, फाइनान्स ११३, होटल तथा पर्यटन ११, जलविद्युत ११६, लगानी ३, जीवन बीमा ३५९, उत्पादन १३१, माइक्रोफाइनान्स २३, निर्जीवन बीमा २३५, अन्य ३६ र ब्यापार समूह ३८ अंकले घटेका छन् ।

बिहीबार सानिमा लाइफ इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ । यी दुबै कम्पनी हालै सूचीकृत कम्पनी हुन् । आजको कारोबारपछि मनकामनाको मूल्य प्रतिकित्ता ५०३ रुपैयाँ र सानिमा लाइफको ३३९ रुपैयाँ ९० पैसा पुगेको छ । चन्द्रागिरि हिल्स र खानीखोला हाइड्रोको मूल्य ५ प्रतिशतले बढेको छ ।

नारायणी डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ६.८ प्रतिशतले घटेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक र अरुण काबेलीको मूल्य ६ प्रतिशत बढीले घटेको छ । ङादी ग्रुप पावर, युनाइटेड मोदी, हिमालयन डिस्टिलरी पनि कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस