समाचार

थप २ हजार ४ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु

covid19 Death body

१७ भदौ, काठमाडौं । नेपालमा बिहीबार थप दुई हजार चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १० हजार ६ सय ५८ पीसीआर परीक्षणका क्रममा एकहजार ६ सय १९ जना र ३ हजार ९ सय ९२ एन्टिजेन परीक्षणका क्रममा ३८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ४८ हजार २०८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १६ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाका कारण १० हजार ७८६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप १ हजार ८ सय ४६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख २१ हजार १ सय ८२ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ३३ हजार ९ सय ४६ सक्रिय संक्रमित आइशोलेशन र ३०२ जना क्वारेन्टिनमा छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *