
१७ भदौ, काठमाडौं । भारत विरुद्धको मैत्रिपूर्ण खेलमा पहिलो हाफ सकिँदासम्म नेपाल १–० ले अघि रहेको छ ।
दशरथ रंगशालामा भएको खेलमा अन्जन विष्टले ३६ औँ मिनेटमा नेपाललाई अग्रता दिलाएका हुन् । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारीका लागि दुबै टिमले मैत्रीपूर्ण खेल खेलेका हुन् ।
कोरोना महामारीका बीच खेल हेर्न बाक्लो संख्यामा रंगशालामा दर्शक देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस