
१७ भदौ, काठमाडौं । लक्ष्मी बैंकले निष्कासन गरेको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
बैंकले निष्कासन गरेको २ अर्ब को ‘८.५ प्रतिशत लक्ष्मी बैंक डिबेन्चर, २०८८’ नेपसेमा सूचीकृत भएको हो । सूचीकरणपश्चात् सो ऋणपत्र दोस्रो बजार कारोबार गर्न सकिनेछ ।
उक्त ऋणपत्र सूचीकरण गर्ने सम्बन्धी सम्झौतापत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल तथा लक्ष्मी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले हस्ताक्षर गरे ।
प्रतिक्रिया दिनुहोस