बैँक / वित्त

सानिमा बैंकको तीज योजनाः बचत खाता खोल्दा पाइन्छ यस्ता सुविधा

sanima teej naari bachat

१७ भदौ, काठमाडौं । सानिमा बैंकले तीजको अवसरमा विशेष योजना सार्वजनिक गरेको छ ।

बैंकले ग्राहकहरुको लागि विशेष योजना सार्वजनिक गरेको हो । योजना अन्तर्गत नारी बचत खाता खोल्दा निःशुल्क डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, मेरो सेयर, डिम्याट खाताका साथै लकर सुविधामा ७५% सम्म छुट प्रदान गरिने बैंकले जनाएको छ ।

यसका साथै पहिलो पीओएस कारोबारमा १०% वा ५०० सम्मको क्यास ब्याक प्रदान गरिने पनि बैंकले जनाएको छ ।

यसका अतिरिक्त ५०० बराबरको एनसेल सिम कार्ड उपलब्ध गराउनुका साथै अमेरिकी डलर ई कार्ड निःशुल्क जारी गरिने बैंकले जनाएको छ । यो योजना भदौ ३१ गतेसम्म सानिमा नारी बचत खाता खोल्ने महिला ग्राहकहरूका लागि उपलब्ध हुने बैंकले बताएको छ ।

सानिमा बैंकले प्रत्येक नारी बचत खाता बापत बैंकको तर्फबाट मासिक १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गरी सामाजिक कार्यमा खर्च गर्दै आएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *