राजनीति

डल्लु पुगेर प्रधानमन्त्रीले लिए झलनाथको स्वास्थ्यबारे जानकारी

Deuba ana Jhalanath

१७ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आज अपराह्न देउवा खनाल निवास डल्लु पुगेका थिए । भेटमा खनलाको स्वास्थ्यबारे चासो राखेको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

त्यस्तै (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पनि डल्लुमा नै थिए । प्रधानमन्त्री र खनालबीच करिब ४० मिनेट कुराकानी भएको भट्टराईले जानकारी दिए । खनाल भारतको अपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गरेर केही दिन अघि मात्रै स्वदेश फर्किएका हुन्  ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस