विश्व/प्रवास

जम्मू–कश्मीरका मुलसमानका लागि आवाज उठाउने अधिकार छ : तालिबान

Taliban

१८ भदौ, काठमाडौं । तालिबानका प्रवक्ता सुहैल शाहीनले आफूहरूसँग जम्मू–कश्मीरका मुलसमानका लागि आवाज उठाउने अधिकार रहेको बताएका छन् ।

एक मसुलमान तर्फबाट भारतको कश्मीरमा या कुनै अन्य देशमा मुस्लिमको लागि आवाज उठाउने अधिकार आफूहरूसँग भएको उनको भनाई छ । “हामीले आवाज उठाउँछौ र भन्छौँ कि मुसलमान तपाईको देशको जनता हुन्, नागरिक हुन् । तपाईको कानून अनुसार उनीहरू समान छन्,” उनको भनाइ छ ।

प्रवक्ता शाहीनले बीबीसीसँग कुरा गर्दै कुनै पनि देशविरुद्ध सशस्त्र अभियान चलाउने आफूहरूको नीति नभएको बताएको बीबीसी हिन्दीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस