समाचार

अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु

narayanghat muglin

१८ भदौ, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा लेदोसहितको पहिरो खस्दा  अवरुद्ध सडक सुचारु भएको छ ।

शुक्रबार बिहान ८ बजे नारायणगढ–मुग्लिङ सडक खण्डको इच्छाकामना गाउँपालिका–६ पाँच किलो र मुग्लिङ–काठमाण्डौ सडक खण्डको इच्छाकामना गाउँपालिका–५ घोप्टेभिरमा लेदो सहितको पहिरो खस्दा सडक अवरुद्ध भएको सडक १०ः१० बजेबाट दुवैतर्फ सुचारु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाउने काम सम्पन्न भएको र सडकमा सवारी चल्न थालेको छ । पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस