मनोरञ्जन ताजा समाचार

‘कमेडी च्याम्पियन–२’ बाट अभिनेत्री ऋचाले लिइन् विश्राम

richa sharma

१८ भदौ, काठमाडौं । अभिनेत्री ऋचा शर्मा रियालिटी शो ‘कमेडी च्याम्पियन–२’ बाट बाहिरिएकी छन् ।

उनले आमा बन्ने मिति नजिकिएपछि शोबाट विश्राम लिएकी हुन् । गर्भवती ऋचाले उत्कृष्ट तीन प्रतियोगी छनौटसम्म निर्णायकको रुपमा शोमा सहभागीता जनाएकी थिइन् । फाइनल प्रतियोगितामा भने उनी अनुपस्थित हुने छिन् ।

‘कमेडी च्याम्पियनको फाइनल अब दुई सातापछि हुनेछ । सो समय डाक्टरले दिएको मेरो आमा बन्ने डेट हो’ शर्माले भनिन्, ‘अहिलेसम्म शोमा रहेपनि फाइनलमा भने उपस्थित हुन नसक्ने भए ।’ डाक्टर लगायत सबैले अब त रेस्ट गर्नुपर्छ भनेपछि सोका अवको एपिसोडमा सहभागी नहुने निर्णय समेत गरेको उनले सुनाइन् ।

उनले बिदा लिएपछि अव शोमा निर्णायकको रुपमा सन्तोष पन्त, मनोज गजुरेल र प्रदिप भट्टराई मात्र देखिनेछन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *