समाचार

आइतबारदेखि मनकामना केबलकार सञ्चालनमा आउने

Manakamana

१८ भदौ, काठमाडौं । कोरोना महामारीका कारण बन्द अवस्थामा रहेको मनकामना केबलकार आगामी आइतबारदेखि सञ्चालनमा आउने भएको छ । मनकामना दर्शन प्रालिले भदौ २० अर्थात आइतबारदेखि मनकामना केबलकार सञ्चालन हुन लागेको जानकारी दिएको हो ।

‘कोभिड–१९ को कारणले बन्द भएको केबलकार तथा रेष्टुरेन्ट लगायतका सेवा आउँदो आइतबार भाद्र २० गतेबाट स्वास्थ सुरक्षा मापदण्डका साथ पुनः सन्चालन हुने जानकारी गराउदछौँ’, मनकामना दर्शन प्रालिले भनेको छ ।

कम्पनीले सम्पूर्ण यात्रुहरूलाई स्वास्थ सुरक्षाका नियम अनिवार्य पालना गरिदिन समेत अनुरोध गरेको छ । मनकामना दर्शन प्रालिले चितवनको कुरिनटारबाट गोरखाको मनकामना मन्दिरसम्म केबुलकार सेवा सञ्चालन गर्दै आएको छ ।

यस्तै मनकामना मन्दिर खोल्ने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, गोर्खाको निर्णय अनुसार हुने पनि जानकारी गराएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *