समाचार

बानेश्वरस्थित बागमती नदीमा शव फेला

death body

१८ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित बागमतीमा शव फेला परेको छ ।

बागमती नदीमा काभ्रेपलाञ्चोकको शारदा बतासे–८ घर भएका बिक्रम तामाङ मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । बिक्रम काठमाडौंमा सवारी चालकको काम गर्दै आएका थिए ।

शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको काठमाडौं परिसरका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस