समाचार

अवैध रुपमा यार्सागुम्बाको कारोबार गरेको आरोपमा काठमाडौंबाट चार जना पक्राउ

yarsa

१८ भदौ, काठमाडौं । अवैध रुपमा यार्सागुम्बाको कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट चार जनालाई पक्राउ गरेको छ ।

गोरखाको चुमनुब्री गाउँपालिका–३ घर भई काठमाडौंको मित्रनगरमा बस्ने ४८ वर्षीय डुण्डुप गुरुङ, लमजुङको मस्र्याङ्दी गाउँपालिका–६ घर भई काठमाडौंको नयाँ बसपार्कमा बस्ने ५० वर्षीय बेलबहादुर थापा, लमजुङकै बेसीशहर नगरपालिका–११ घर भई काठमाडौंको बानियाँटार बस्ने ४० वर्षीय कृष्ण परियार र प्युठानको खलंगा नगरपालिका–११ घर भई काठमाडौंको तारकेश्वरमा बस्ने ४७ वर्षीय दानबहादुर जीसीलाई महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार पक्राउ गरेको हो ।

अवैध रुपमा यार्सागुम्बाको कारोबार गरिरहेको सूचनाको आधारमा डुण्डुप गुरुङको डेरामा लुकाएर राखेको अवस्थामा १ केजी ८५० ग्राम यार्सागुम्बा बरामद गरेको छ । सो यार्सागुम्बाको बजार मुल्य करिब ८ लाख पर्छ । यार्सागुम्बा कारोबारीलाई थप अनुसन्धान र कारवाहीलाई लागी डिभिजन बन कार्यालय काठमाडौंमा बुझाइएको एसएसपी खापुङ्गले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस