कर्पोरेट

कुमारी बैंकको निःशुल्क एन्टिजेन टेस्ट क्याम्प

Kumari Bank

१८ भदौ, काठमाडौं । कुमारी बैंकले कोभिड–१९ को परीक्षणका लागि ‘निःशुल्क एन्टिजेन टेस्ट क्याम्प’ आयोजना गरेको छ ।

काठमाडौंको टङ्गालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा भदौ १८  गते बैंकले क्याम्प आयोजना गरेको हो । क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई एन्टिजेन टेस्ट गराउने व्यक्तिको कोरोना सङ्क्रमण भए–नभएको रिपोर्ट १५ मिनेटमा नै दिइएको थियो ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोनाविरुद्धको लडाइमा सहयोग गर्ने उद्देश्यले साे कार्यकम आयोजना गरेको जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस