राजनीति

परमादेशबाट हामीलाई हटाइयाे, जनादेशबाट फेरि सरकारमा फर्कनेछौँ : प्रदीप ज्ञवाली

Pradip Kumar Gyawali

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले आगामी निर्वाचनपछि एमाले फेरि सरकारमा फर्कने दाबी गरेका छन् । नेकपा (एमाले) ललितपुर जिल्ला कमिटीले शुक्रबार लगनखेलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले तत्कालका लागि ‘परमादेशबाट’ आफूहरू सरकारबाट हट्नुपरेपनि जनादेशको माध्यामबाट फेरि आफनो पार्टी सरकारमा फर्कने बताए ।

उनले स्थानीय तहको निर्वाचन, प्रदेश तहको निर्वाचन र संघीय तहको निर्वाचनको तयारीमा जुट्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे ।

“हामीले स्थानीय तहको निर्वाचनको तयारी गर्नुछ । अबको १५/१६ महिनापछि हुने प्रदेश र संघको निर्वाचनका लागि तयारी गर्नुछ । ठिक छ, परमादेशबाट हामीलाई हटाइएको छ । जनादेशबाट फेरि फर्कने छौँ, हामी सरकारमा । परमादेशबाट हामीलाई प्रतिपक्ष बनाइएको छ । जनताको मायाबाट हामी फेरि फर्कनेछौँ । र फेरि देशलाई ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय अभियानमा साथ अघि बढाउनेछौँ ।”

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *