१८ भदौ, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर तिज पछाडि सर्वसाधारणका लागि खोल्ने तयारी गरेको छ । दोस्रो लहरको कोरोना महामारीका कारण करिब चार महिना बन्द रहेको मन्दिर खोल्ने तयारी गरिएको हो ।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाका अनुसार कोषको आन्तरिक सबै तयारी भइसकेको छ ।
“अनौपचारिक तयारी गरिसकेका छौँ । अबको एक साताभित्रमा मन्दिर सर्वसाधारणका लागि खुला गर्छौँ । तिजपछि खुलाउने गरी तयारी गरेका छौँ । केही दिनमा यसको औपचारिक निर्णय सार्वजनिक गर्छाैँ,” उनले भने ।
प्रतिक्रिया दिनुहोस